प्लटिङ गर्न अनुमतिबिना डोजर चलाउन रोक

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आफ्नो पालिकाभित्र अनुमतिबिना डोजर र स्काभेटर प्रयोग गर्न रोक लगाएको छ ।

जग्गा प्लटिङ गर्ने तथा मिलाउने नाममा प्रयोग गरिने उक्त मेसिनरी औजारले पहिरो जाने सम्भावना उच्च भएको भन्दै नगरपालिकामा गुनासो आउन थालेपछि स्काभेटर प्रयोगमा रोक लगाइएको हो ।

नगरप्रमुख दीपक रिसालका अनुसार, नगरपालिकामा सधिँयारको जग्गा, भवन तथा पर्खालमासमेत क्षति पुग्ने गरी डोजर र स्काभेटर प्रयोग गर्ने गरेको जनगुनासो आएपछि यसको प्रयोगलाई नियन्त्रण गर्न नगरको अनुमतिको प्रक्रिया अगाडि बढाइएको हो ।

मेसिनको प्रयोग गर्नुपरेमा वडाध्यक्ष तथा नगरप्रमुखको अनुमति लिएर गर्नसमेत नगरपालिकाले अनुरोध गरेको छ । अन्यथा प्रचलित कानुनबमोजिम कारबाही गरिने नगरपालिकाले जनाएको छ ।

पतञ्जलीका १० हजार आउटलेटबाट रेमिटेन्स पठाउन सकिने Read Previous

पतञ्जलीका १० हजार आउटलेटबाट रेमिटेन्स पठाउन सकिने

भारतबाट बढेर आयो डिजेल र पेट्रोलको भाउ, प्रतिलिटर कति बढ्यो ? Read Next

भारतबाट बढेर आयो डिजेल र पेट्रोलको भाउ, प्रतिलिटर कति बढ्यो ?