खप्तड लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने अन्तिम दिन रहेको छ ।

लघुवित्तले भदौ ८ देखि सर्वसाधरणका लागि विक्रीम ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ भर्ने अन्तिम दिन हो ।

निष्काशन भएको कुल सेयरमध्ये २ हजार कित्ता कर्मचारीहरुका लागि, ६ हजार ६०० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट सी(आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन्।

लघुवित्तको आइपीओ निष्काशन तथा विक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङस नेपालले ‘केयरएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल २ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ विक्रीपछि चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ।

मध्यपहाडी राजमार्गले छोएका पालिकामा अब आर्थिक करिडोर Read Previous

मध्यपहाडी राजमार्गले छोएका पालिकामा अब आर्थिक करिडोर

सीबीफिन र एक्यान बीच सम्झौता Read Next

सीबीफिन र एक्यान बीच सम्झौता