नेप्सेमा झिनो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से अन्त्यमा २ अंकले बढेर बन्द भएको हो ।

सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १९ करोड बढेर डेढ अर्ब नाघेको छ ।

बुधबार नेप्से २.८७ अंकले बढेर २०५७.८४ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार २२३ कम्पनीको १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१८ रुपैयाँ बराबरको ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ समूहको घटेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ०.६८ प्रतिशतले बढेको छ ।

आज अरुण काबेली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपी पावर ८ करोड र रिडी पावर साढे ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

न्यून अंकले बढेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने अपर हेवाखोला हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, रुरु जलविद्युत् ५.८६, अरुण काबेली ५.२८, सिन्धु विकास बैंक ४.६२, अपर सोलु, न्यादी हाइड्रोपावर, गुराँस लघुवित्त, श्वेत गंगा हाइड्रोपावर र हिमालयन बैंकको सेयर मूल्य साढे ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

चालु पूँजी कर्जामा कडाइ : उद्योग, व्यसायमा कस्तो पर्छ असर ? Read Previous

चालु पूँजी कर्जामा कडाइ : उद्योग, व्यसायमा कस्तो पर्छ असर ?

प्रदेशमा पुग्दै सामाजिक सुरक्षा कोषको सेवा, विराटनगर र सिमरामा शाखा स्थापना Read Next

प्रदेशमा पुग्दै सामाजिक सुरक्षा कोषको सेवा, विराटनगर र सिमरामा शाखा स्थापना