अवसर इक्वीटि फण्डले पायो भेञ्चर क्यापिटलको लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अवसर इक्वीटि फण्ड लिमिटेडलाई धितोपत्र बोर्डले भेन्चर क्यापिटलको अनुमति दिएको छ ।

आइतबार बसेको बोर्ड संचालक समितिको बैठकले कम्पनीलाई स्वीकृति प्रदान गरेको हो । बोर्डले यसअघि ग्लोबल इक्विटी फण्डलाई पनि भेन्चर क्यापिटलको लाइसेन्स दिएको थियो ।

भेन्चर क्यापिटल फण्ड सञ्चाललनका लागि अनुमति माग गर्दै बोर्डमा १७ कम्पनीले आवेदन दिएका थिए । सोमध्ये दुई वटालाई बोर्डले लाइसेन्स दिएको छ भने कागजात र मापदण्ड पूरा गर्ने अन्य ६ वटालाई पूर्वाधार तयार गर्न निर्देशन दिएको छ ।

पूर्वाधार तयार गरेपछि उनीहरुले पनि भेञ्चर क्यापिटलको लाइसेन्स पाउने बोर्डले जनाएको छ । बोर्डले आध्यान्त फण्ड लिमिटेड तथा एनएमबी क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईसी एसिया क्यापिटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेडललाई पूर्वाधार तयार गर्न निर्देशन दिएको छ ।

आवेदन दिएका अन्य ८ कम्पनीको भने आवश्यक कगजात पूरा हुन नसकेको बोर्डले जनाएको छ ।

४२.६० मेगावाटको सुपर न्यादीको सुरुङमार्ग ’ब्रेक थ्रु’ Read Previous

४२.६० मेगावाटको सुपर न्यादीको सुरुङमार्ग ’ब्रेक थ्रु’

बेलायतसँग श्रम सम्झौता, स्वास्थ्यकर्मी शून्य लागतमा जान पाउने Read Next

बेलायतसँग श्रम सम्झौता, स्वास्थ्यकर्मी शून्य लागतमा जान पाउने