बैंक अफ काठमाण्डूको ऋणपत्र विक्री खुला, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । बैंक अफ काठमाण्डूको आजदेखि ११ लाख इकाई ऋणपत्र विक्री खुला भएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १ अर्ब १० करोड रुपैयाँ बराबरको ‘बीओके डिबेन्चर, २०८६ (क)’ ऋणपत्र विक्रीम ल्याएको हो ।

११ लाख इकाईमध्ये ६ लाख ६० हजार इकाई ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ । बाँकी ४ लाख ४० हजार युनिटमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधरणलाई छुट्याइएको ऋणपत्र मध्येबाट पनि २२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइने छ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्रमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै ऋणपत्र विक्री नभएमा ढिलोमा भदौ १६ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनको शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्रको विक्री प्रबन्धक एनआइबीएल एस क्यपिटल रहेको छ । बैंकको ऋणपत्रलाई क्रेडिट रेटिङ इक्रा नेपालले इक्राएनपी आइआर त्रिपल बी प्लस रेटिङ दिएको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँदछ ।

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले अब मोबाइल एपबाटै कर्जा लिन सक्ने Read Previous

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले अब मोबाइल एपबाटै कर्जा लिन सक्ने

नेपालमै 'साइलेज'को व्यवसायिक उत्पादन, पशुआहारका लागि पोषिलो Read Next

नेपालमै 'साइलेज'को व्यवसायिक उत्पादन, पशुआहारका लागि पोषिलो