काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्स संचालक समितिको साउन ३० गते बसेको बैठकले सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामा साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।