मर्जरपछि बनेको नयाँ कम्पनी रिडी पावरको सेयर नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिडी पावर कम्पनी लिमिटेडको सेयर सूचीकृत भएको छ ।

साविकको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनी मर्ज भई बनेको नयाँ कम्पनी रिडी पावरको सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा रिडी पावरको १ करोड १० लाख ६३ हजार ५८० कित्ता सेयर सूचीकृत भएको हो । रिडी र रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनी १ः०.९३ सेयर अनुपातमा मर्ज भएका हुन् ।

नेप्सेमा सूचीकृत भएसँगै अब साविकका दुवै कम्पनीक सेयरधनीले रिडी पावरको नामबाट सेयर कारोबार गर्न पाउने छन् । कम्पनीको सेयर कारोबारका लागि नेप्सेले RIDI संकेत चिह्न प्रदान गरेको छ ।

कम्पनीको सेयर कारोबार लागि नेप्सले न्यूनतम ७०८.६० रुपैयाँको ओपनिङ रेन्ज तोकेका छ । यही मूल्यलाई आधार मानेर सेयर कारोबार खुल्नेछ ।

 

 

नेपाल लाइफको सेयर मूल्य १० वर्ष यताकै सस्तो, यस कारण लगातार घट्दै छ भाउ Read Previous

नेपाल लाइफको सेयर मूल्य १० वर्ष यताकै सस्तो, यस कारण लगातार घट्दै छ भाउ

नबिल बैंकद्धारा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न Read Next

नबिल बैंकद्धारा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न