नेप्सेमा लगातार चौथो दिन गिरावट, दुई कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार चौथो दिन गिरावट आएको छ । सोमबारदेखि ओरालो लागेको नेप्सले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ४ कारोबार दिनमै नेप्से झन्डै ८० अंकले घटेको छ ।

बिहीबार नेप्से १८.९६ अंकले घटेर २०३७.९३ विन्दुमा आइपुगेको छ । यसदिन २१८ कम्पनीको १ अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रुपैयाँ बराबरको ६२ लाख ९८ हजार६३८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक बाँकी सबैको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.३८ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी ६ करोड रनेष्डो लघुवित्त ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन र अपर हेवाखोला हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

आज युनिलिभर नेपालका सेयरधनीले सबैभन्दा धेरै ८.२३ प्रतिशत गुमाएका छन् ।

काठमाडौंको ३ पालिकामा नयाँ सहर बनाउने प्रस्ताव क्याबिनेटमा Read Previous

काठमाडौंको ३ पालिकामा नयाँ सहर बनाउने प्रस्ताव क्याबिनेटमा

पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा Read Next

पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा