पिपुल्स पावरले साउन ३१ देखि आइपीओ निष्कासन गर्ने

काठमाडौं । पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि प्राथमिक साधारण सेयर(आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

निष्काशन हुने कुल सेयरमध्ये २ प्रतिशत कम्पनीका कर्मचारीलाई र १ लाख २३ हजार ३७० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी २२ लाख ९४ हजार छसय ८२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

सार्वजनिक आह्वानपत्रअनुसार सर्वसाधारण लगानीकर्ताले आगामी भदौ ५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे भदौ १४ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाइने उल्लेख छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा ‘मेरो सयर’को वेबसाइट र मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले इलामको इलाम नगरपालिका–१ र ४मा पर्ने पुवा खोलामा ४.९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । उक्त कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी–बीबी आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।

स्वतः रद्द भएका उद्योगलाई सरकारले दियो सुविधा, अब पुनः दर्ता गर्न सकिने Read Previous

स्वतः रद्द भएका उद्योगलाई सरकारले दियो सुविधा, अब पुनः दर्ता गर्न सकिने

क्याथे प्यासिफिक एयरवेजले हङकङ-काठमाडौं उडान भर्ने Read Next

क्याथे प्यासिफिक एयरवेजले हङकङ-काठमाडौं उडान भर्ने