बुक बिल्डिङ एकपटक दुर्घटना पर्यो, अब सेफल्यान्डिङ गर्छौं : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले रियल सेक्टरका कम्पनी बजारमा ल्याउनका लागि बुकबिल्डिङ अनिवार्य भएको बताएका छन् ।

पूँजी बजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना विषयमा नेपाल आर्थिक पत्रकार संघले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै हमालले यस्तो बताएका हुन् ।

‘बुकबिल्डिङ बजारका लागि महत्वपूर्ण छ । बुकबिल्डिङलाई सेफ ल्यान्डिङ गर्न सफल हुन्छौं । हामी परिवर्तन हुनैपर्छ, काम गर्ने स्पिडमा परिवर्तन गर्नुपर्छ,’उनले भने ।

यो प्रक्रिया एकपटक दुर्घटनामा परेकाले दोस्रो पटक पनि सोही अवस्थामा गए बजारको विकास नहुने उनले बताए । रियल सेक्टरका कम्पनी बजारमा ल्याउन सरकारले ल्याएको बजेट अनुसार नै बोर्डले आफ्नो कार्यक्रम समेटेको उनले बताए ।

लगानी कर्ताको लगानी सुरक्षा, बजारको विकास र अर्थतन्त्रको प्रतिबिम्बित पूँजीबजार बनाउन बुकबिल्डिङ आवश्यक रहेको उनले बताए ।
बजारको विकासका लागि अध्यक्ष हमालले एक वर्षभित्रै नयाँ स्टक एक्सचेञ्ज ल्याउने बताए ।

‘२०७९ साल भित्र नयाँ एक्सचेञ्ज ल्याउँछौं, यो म ठोकुवाका साथ भन्छु, यसमा सरकारको पनि साथ रहने विश्वास लिएको छु,’हमालले भने ।

२०७९ सालमै क्यापिटल इन्ष्टिच्युट खोल्ने तयारी रहेको बताउँदै यसको रिसोर्स म्यानेजमेन्ट र संरचना विस्तारमा केही समय लाग्ने बताए । लगानीकर्ताले विश्वास गरेकाले बजार आजको अवस्थामा रहेको उनले बताए ।

‘मार्केट इकोसिष्टममा लगानीकर्ताले बजारलाई विश्वास गरेका छन् । लगानीकर्ता छन् र हामी छौं, त्यसैले म आएको दिनदेखि लगानी कर्ताको हितमा प्रतिबद्व छु,’उनले भने ।बोर्डको नियमनको दायरा र जनशक्ति नहुँदा समस्या भएको उनको भनाइ छ । ‘५७९ संस्था जम्मा ५६ जना कर्मचारीले नियमन गर्नुपर्ने छ । हामीलाई ७१ जना पुग्न ३० वर्ष लाग्यो,’उनले भने ।

ब्रोकरको लाइसेन्सका लागि परीक्षा लिएर तजबिजि भन्दा मापदण्ड पूरागर्नेहरूलाई काम गर्न अवसर दिनुपर्ने उनले बताए । ‘ब्रोकर लाईसेन्समा तजबिज हुनु हुँदैन् । थ्रेसहोल्ड राखेको कारण केहो भने १७० ब्रोकर नेप्सेको सिष्टमले धान्न सक्दैन् । मापदण्ड पुगेपछि लाइसेन्स पाउनुपर्छ,’उनले भने, ‘नयाँ पुस्तालाई पनि अवसर दिनका लागि यसको अधिकार हुनुपर्छ । त्यसकारण फेयर प्रतिस्प्रर्धा गरेपछि मात्र विकास हुन्छ ।’

 

गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस Read Previous

गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस

गरिमा विकास बैंक अर्बपति क्लबमा, लाभांश क्षमता कति ? Read Next

गरिमा विकास बैंक अर्बपति क्लबमा, लाभांश क्षमता कति ?