सयपत्री हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आज (१० बजेदेखि) प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड २१ लाख ६ हजार रुपैयाँ बराबरको ७ लाख २१ हजार ६० कित्ता सेयर विक्रीमा ल्याएको हो ।

निष्काशित कुल सेयरमध्ये ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याइएको छ। बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा साउन २७ गतेसम्म आवेदन दिन पाइने छ ।

आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयरएनपी डबल बी आइएस रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

प्रभु बैंकका ग्राहकले समर्पण हेल्थ केयरमा आकर्षक छुट पाउने Read Previous

प्रभु बैंकका ग्राहकले समर्पण हेल्थ केयरमा आकर्षक छुट पाउने

सीवाइसी नेपाल लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ? Read Next

सीवाइसी नेपाल लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?