१००% हकप्रद पारित गर्न अपर तामाकोशीले बोलायो साधरण सभा

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गर्न साधरणसभा बोलाएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १स्१ अनुपातका हकप्रद जारी गर्न लागेको हो । सो प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३ गते वार्षिक साधरणसभा बोलाएको छ ।

कम्पनीको सभा नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा हुनेछ । यसैरी, सभामा सर्वसाधारण र संस्थापक सेयरधनीको तर्फबाट ५ जना सञ्चालकको निर्वाचन वा नियुक्त गर्ने प्रस्ताव समेत सभामा लैजाँदै छ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन १८ गते बुक क्लोज मिति तोकेको छ । तसर्थ बुक क्लोजभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन्।

१ वर्षमै ७ गुणाले बढ्यो विद्युतीय गाडीको आयात, कुन देशबाट कति ल्याइयो ? Read Previous

१ वर्षमै ७ गुणाले बढ्यो विद्युतीय गाडीको आयात, कुन देशबाट कति ल्याइयो ?

देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट हुने निर्यात ५० प्रतिशतले वृद्धि Read Next

देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट हुने निर्यात ५० प्रतिशतले वृद्धि