काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साउन ९ गतेदेखि सर्वसाधारणका लागि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
निष्काशन भएको कुल सेयरमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीहरुका लागि र ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी(आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।