नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । मंगलबार एकैदिन ४५ अंकले घटेको नेप्से आज दोहोरो अंकले बढेको हो ।

सूचकमा बढोत्तरी आए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५६ करोडले घटेर ३ अर्बमा सीमित भएको छ ।

बुधबार नेप्से २३.८३ अंकले बढेर २१११.९९ विन्दुमा पुगेको छ । यसदिन २२७ कम्पनीको ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ रुपैयाँ बराबरको ७५ लाख ८ हजार १८८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये व्यापार बाहेक बाँकी सबैको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.१३ प्रतिशतले बढेको छ ।

आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, अरुण काबेली १२ करोड र गोर्खा फाइनान्स पौने ९ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । जानकी फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने नेष्डाे लघुवित्त र जाल्पा लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, युनिभर्सल पावर र युनियन हाइड्रो ८.८९, लिबर्टी इनर्जी ८.१७, महुली लघुवित्त, ग्रीन लाइफ हाइड्रोपावर, समिट लघुवित्त, शिवश्री हाइड्रोपावर, रिभर फल्स पावर, गणपति लघुवित्त र बुद्धभूमि नेपालका सेयरधनीले ७ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

अनुचित कारोबार गर्ने १ हजार ३३१ व्यापारिक फर्म कारबाहीमा Read Previous

अनुचित कारोबार गर्ने १ हजार ३३१ व्यापारिक फर्म कारबाहीमा

उपत्यकाको फोहर भोलिदेखि उठाइने Read Next

उपत्यकाको फोहर भोलिदेखि उठाइने