ललितपुरमा अब विद्युतीय स्कुटरबाट गस्ती, महानगरले विद्युतीय सवारी मात्र किन्ने

काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरीको ‘क्वीक रेस्पोन्स’ टोलीले विद्युतीय स्कुटरमार्फत गस्ती गर्ने भएको छ । महानगरले आजदेखि गस्तीका लागि ५ वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको हो ।

महानगरवासीका समस्या तत्काल समाधान गर्ने उद्देश्यले विद्युतीय स्कुटर सञ्चालनमा ल्याइएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले क्वीक रेस्पोन्स टोलीलाई महानगरभित्र तत्काल केही समस्या पर्दा जान सजिलो होस् भनेर विद्युतीय स्कुटर सञ्चालनमा ल्याइएको बताए ।

उनले पार्किङ रेखदेख, ट्राफिक जाम, मापदण्ड विपरीत राखिएका अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड हटाउन र कारबाही गर्न स्कुटरसहित टोली परिचालित हुने बताए ।

उनले आगामी दिनमा सहानगले किन्ने सबै सवारीसाधन विद्युतीय हुने घोषणा पनि गरेका छन् । त्यस्तै महानगरपालिकाले अब अत्याधुनिक दमकल खरिद गर्ने तयारी गरिरहेको मेयर महर्जनले जानकारी दिए ।

छानबिन समितिद्धारा पूर्व अर्थमन्त्री शर्मासँग ३ घण्टा सोधपुछ, भने-'बजेट निर्माणमा बाहिरी व्यक्तिको संलग्नता छैन' Read Previous

छानबिन समितिद्धारा पूर्व अर्थमन्त्री शर्मासँग ३ घण्टा सोधपुछ, भने-'बजेट निर्माणमा बाहिरी व्यक्तिको संलग्नता छैन'

नेपाल-भारत रेल सेवा विस्तार हुँदै, अब जयनगरदेखि बिजलपुरासम्म चल्ने Read Next

नेपाल-भारत रेल सेवा विस्तार हुँदै, अब जयनगरदेखि बिजलपुरासम्म चल्ने