काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक साधारण सेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले असार २४ गतेदेखि सर्वसाधरणका लागि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
निष्काशित कुल १५ लाख कित्ता सेयर मध्ये ३० हजार कित्ता कम्पनीका कर्मचारी र ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी बाँँकी १३ लाख ९५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन सक्नेछन् । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो सेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी आइएस’ रेटिङ्ग दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।