नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । सोमबार एकैदिन ७७ अंकले घटेको नेप्से आज दोहोरो अंकले बढेको हो ।

सूचकमा सुधार आए पनि कारोबार रकमा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५० करोडले घटेर पौने २ अर्बभन्दा कममा सीमित भएको छ ।

मंगलबार नेप्से ११.६७ अंकले बढेर १९२७.२९ विन्दुमा पुगेको छ । यसदिन २२६ कम्पनीको १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ रुपैयाँ बराबरको ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । होटल समूह सबैभन्दा धेरै १.६८ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स, हाइड्रोपावर, उत्पादनमूलक र व्यपार समूहको परिसूचक पनि १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज अरुण काबेली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ८ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यस्तै, गोर्खा फाइनान्स साढे ७ करोड र शिवम् सिमेन्टको ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ९.३५ प्रतिशतले बढेको छ । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर ८.३३, युनाइटेड इन्स्योरेन्स ६.९६, सनराइज फर्स्ट म्युचुअल फण्ड ६.२७, अरुण काबेली ५.८५, बलेफी हाइड्रोपावर ५.७१, सेन्टर फाइनान्स, ग्रामीण विकास लघुवित्त, सनराइज ब्लूचिप फण्ड, मिथिला लघुवित्त, सिभिल लघुवित्त र ग्रीन लाइफ हाइड्रोपावरको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेपाल र पाकिस्तानमा श्रीलंकाको जस्तै आर्थिक संकट आयो भने थेग्न सक्लान ? Read Previous

नेपाल र पाकिस्तानमा श्रीलंकाको जस्तै आर्थिक संकट आयो भने थेग्न सक्लान ?

ऊर्जामा वर्तमान सरकारको १ वर्ष : विद्युत् निर्यातदेखि बुढीगण्डकीसम्म, यस्ता छन् मुख्य उपलब्धी Read Next

ऊर्जामा वर्तमान सरकारको १ वर्ष : विद्युत् निर्यातदेखि बुढीगण्डकीसम्म, यस्ता छन् मुख्य उपलब्धी