काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको छ ।
सोमबार दुई कम्पनी बीच एक आपसमा मर्जर हुने सम्झौता भएसँगै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।
अब एकीकृत कारोबार नहुन्जेल दुवै कम्पनीको सेयर खरिद विक्री रोक्का हुनेछ ।