काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले प्रस्तावित लाभांश पारित गर्न साधरण सभा प्रयोजनाका लागि भोलि (असार २८ गते) बुकक्लोज गर्दैछ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीले गत वर्षको लाभांश पाउने छन् ।
बैंकले आव २०७७/७८ को वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद गरी कुल ८.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् । बैंकको १६ औं वार्षिक साधरण सभा साउन ९ गते हुँदैछ ।