५७ अंक बढ्यो नेप्से, यी हुन धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । यसदिन ५७.६१ अंकले बढेर नेप्से परिसूचक २०८६.३८ को बिन्दुमा रोकिएको हो ।
आज परिसूचकसंगै कारोबार रकम पनि बढेको छ ।

आइतबार २३१ कम्पनीको ४५ हजार १२० पटकको सेयर कारोबारमा ६२ लाख २७ हजार ६९२ कित्ता सेयर किनबेच भएको छ । आज २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कारोबारमा आएका १३ वटै उपसमूहमा हरियाली छाएको छ । यसदिन सबैभन्दा धेरै कमाउनेमा टे्र्रडिङ समूहका लगानीकर्ता रहेका छन् । यस समुहको सेयर मूल्य ९.३ प्रतिशतले बढेको छ ।

यसैगरी, हाइड्रोपावरको ५.६३ प्रतिशतले सेयर मूल्य बढेको छ । अन्य र फाइनान्स समूहको ४ प्रतिशत बढीले सेयर मूल्य बढेको नेप्सेले जनाएको छ । यस दिन सबैभन्दा धेरै सेयर कारोबार हुनेमा न्यादी ग्रुपपावर रहेको छ । यस कम्पनीको २२ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

हिमालयन डिष्ट्र्रलरीको ८ करोड बढीको सेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट, एनआइसी एसिया बैंक र नेपाल रिइन्स्योरेन्स कम्पनीको ६ करोड बढीको सेयर कारोबार हुँदै शिर्ष ५ मा रहे ।

आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साल्टट्र्रेडिङ कर्पेरेसन,हिमालयन पार्टनर पावर कम्पनी,अपर तामाकोसी,सन्जेन जलविद्युत कम्पनी, नेष्डो सम्बृद्र्ध लघुवित्त वित्तीय संस्था र सिवाइसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

यसैगरी,रसुवागढी हाईड्र्रोपावर,मध्ये भोटेकोसी जलविद्युत,र कर्पोरेट डेभ्लपमेन्ट बैंकका लगानीकर्ताले ९ प्रतिशत बढीले कमाएका छन् । यसदिन सबैभन्दा धेरै गुमाउनेमा बिओके डिबेन्चरका लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयर मूल्य आज ९.३१ प्रतिशतले घटेको छ ।

 

रात्री बेसअनुसार एयरलाइन्सले थाले पूर्ण क्षमतामा उडान Read Previous

रात्री बेसअनुसार एयरलाइन्सले थाले पूर्ण क्षमतामा उडान

थाई स्माइलको काठमाडौँ–बैङ्कक उडान शुरु Read Next

थाई स्माइलको काठमाडौँ–बैङ्कक उडान शुरु