नेप्से परिसूचक लगातार ओरालो, आज यी कम्पनीको मूल्य सकारात्मक सर्किट

काठमाडौं । आइतबार नाटकीय रुपमा बढेको सेयर बजारमा सोमबार र मंगलबार दोहोरो अंकले गिरावट आएको छ । साताको तेस्रो दिन ११.८२ अंकले घटेर नेप्से परिसूचक १९२१.३१ अंकमा रोकिएको हो ।

 

यसदिन सूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । आज २३० कम्पनीको १ अर्ब ५८ करोड २४ लाख ६४ हजार ७२ रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

 

मंगलबार २३ हजार १३२ पटकको कारोबारमा ३० लाख ३७ हजार ६३० कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूह मध्ये जीवन बीमा र बैंकको बाहेक सेयर मूल्य घटेको छ ।

 

आज जीवन बीमाको १.०३ प्रतिशतले बढेको छ भने बैंक समूहको ०.२९ प्रतिशतले सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा हाइड्रोपावर समूह रहेको छ । यस समूहको १.६९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा एसियन लाईफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीको ७ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

यसैगरी, लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र सिटिजन इन्भेष्टमेन्ट ट्र्रष्टको ५ करोड बढीको सेयर कारोबार भएको छ ।  दोहोरो अंकले घटेको बजारमा पनि सिवाइसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

यस कम्पनीका लगानीकर्ताले आज ९.९९ प्रतिशतले कमाएका छन् ।

पाँचखाल ‘ग्रीन स्मार्ट सिटी’ : यो वर्ष डिपिआर र रोजगारी सिर्जना Read Previous

पाँचखाल ‘ग्रीन स्मार्ट सिटी’ : यो वर्ष डिपिआर र रोजगारी सिर्जना

नेपालमा लगानी गर्न चेम्बर अफ कमर्सका अध्यक्ष मल्लको आग्रह Read Next

नेपालमा लगानी गर्न चेम्बर अफ कमर्सका अध्यक्ष मल्लको आग्रह