नेप्सेमा दोहोरो अंकले गिरावट, घटेको बजारमा यी कम्पनीले कमाए धेरै

काठमाडौं । आइतबार नाटकीय रुपमा बढेको सेयर बजारमा सोमबार भने दोहोरो अंकले  गिरावट आएको छ । साताको दोस्रो दिन २३.८५ ले घटेर नेप्से परिसूचक १९३३.१३ अंकमा झरेको हो ।

यसदिन सूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । आज २२९ कम्पनीको २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४८ रपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

 

आइतबार २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४९ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । आज ४३ हजार १२२ पटकको सेयर कारोबारमा ५६ लाख ४१ हजार ५४० कित्ता कित्ता सेयर किनबेच भएको हो ।

 

कारोबारमा आएका १३ वटा उपसमूह मध्ये जीवन बीमा र इन्भेष्टमेन्टबाहेकको सेयर मूल्य घटेको छ । आज जीवन बीमाको १.२२ प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्टको १ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

सबैभन्दा धेरै गुमाउनेमा विकास बैंकका लगानीकर्ता रहेका छन् । विकास बैंकको सेयर मूल्य यसदिन ३.५१ प्रतिशतले घटेको छ । यसदिन सबैभन्दा धेरै कारोबार हुनेमा सिटिजन इन्भेष्टमेन्ट ट्र्रष्ट रहेको छ ।

 

यस कम्पनीको १५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । हिमालयन डिष्ट्रलरीको ९, लाईफ इन्स्योरेन्स कर्पोरेसनको ८, नविलको ७ र एसिएन लाईफ इन्स्योरेन्सको ५ अर्ब रुपैयाँ बढीको सेयर कारेबार हुँदै शिर्ष ५ कम्पनीमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा पनि सिवाइसी लघुवित्त वित्तीय संस्था र न्यादी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरी,लाईफ इन्स्योरेन्स कर्पोरेसनका लागानीकर्ताले ९ प्रतिशत बढीले कमाएका छन् ।

 

जमिन बाँझो राखेर विदेशः रेमिट्यान्सले आयात, ११ महिनामा भित्रियो १६ अर्बको फलफूल Read Previous

जमिन बाँझो राखेर विदेशः रेमिट्यान्सले आयात, ११ महिनामा भित्रियो १६ अर्बको फलफूल

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक Read Next

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक