काठमाडौं । संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ ।
शुक्रबार नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको बताइन । त्यसैगरी, महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ । यो कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत हो ।
महानगरपालिकाको संचितकोषमा २२ अर्ब ३६ करोड ९५ लाख सामाजिक सुचक्ष भतालगायत, नेपाल सरकार, प्रदेश सरकार, जग्गा एकीकरण स्थानीय संचित कोष बाहेकको कुल ३ अर्ब ५ करोड १ लाख रुपैयाँ रहेको छ ।
स्थानीय संचीत कोषबाट खर्च हुने रकम मध्ये आर्थिक विकासका लागि ५० करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ । जुन बजेटको २.२४ प्रतिशत रहेको छ ।