नाे पार्किङमा गाडी पार्क गरे १० हजारसम्म जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष  २०७६/७७ को लागि बजेट सार्वजनिक गर्दै सवारी साधन संचालन र व्यवस्थापनमा नयाँ नियम लागु गर्ने भएको छ ।

 

राजधानी भित्र अनधिकृत रुपमा हुने पार्किङलाई निरुत्साहीत गर्न भन्दै महानगरले जथाभाबी पार्किङ गरिएको फेला पारे १० हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ ।

 

बजेटमा सवारीसाधनको प्रकार र त्यसको सीसी क्षमता अनुसार फरक-फरक जरिवानाको व्यवस्था गरेको हो ।

 

महानगरपालिकाले सार्वजनिक गरेको पटके जरिवाना अनुसार अनधिकृत स्थानमा मोटरसाइकल पार्किङ गरेमा १ हजार रुपैयाँसम्म जरिवाना लगाउने छ भने, ३ पांग्रे सवारीलाई २ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

 

त्यस्तै, १ हजार सीसी क्षमता भएका सवारी साधनका लागि २५ सय रुपैयाँ, १ हजार सीसीदेखि १५ सय सीसी क्षमता भएका सवारीलाई ५ हजार रुपैयाँसम्म जरिवाना लगाउने भएको हो । १५ सय सीसीदेखि २२ सय सीसीसम्मका सवारीलाई ७ हजार रुपैयाँ र २२ सय सीसी क्षमताभन्दा माथिका सवारी साधनलाई १० हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ ।

अलैँचीका बोट मर्न थालेपछि किसान चिन्तित Read Previous

अलैँचीका बोट मर्न थालेपछि किसान चिन्तित

गुठी विधेयक फिर्ता Read Next

गुठी विधेयक फिर्ता