काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको १८ लाख १२ हजार ८९ कित्ता सेयर लिलामीमा आएको छ । बैंकले आजदेखि संस्थापक (प्रमोटर) तर्फको उक्त सेयर लिलामीमा ल्याएको हो ।
बैंकको उक्त लिलामी सेयरमा असार १५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट तोकी गोप्य शिलबन्दीमार्फत बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ नघटाई आवेदन दिनुपर्नेछ । न्यूनतम १ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ ।
बैंकको लिलामी सेयरमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सेयर विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलमा पुग्ने गरी आवेदन बुक्राउनु पर्नेछ ।