आदर्श लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने आज अन्तिम रहेको छ ।

 

लघुवित्तले असार १ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

 

निष्काशन भएको कुल ६७ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत (१ हजार ३५ कित्ता)कर्मचारीहरुका लागि र ५ प्रतिशत (३ हजार ३५) कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ६२ हजार ६१५ कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी(आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

 

लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रवन्धक बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ।

 

हाल १ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशनपछि चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ।

अस्वभाविक रूपमा पलायन हुँदै रुसी धनाढ्य, १५ हजार करोडपतिले देश छाड्ने Read Previous

अस्वभाविक रूपमा पलायन हुँदै रुसी धनाढ्य, १५ हजार करोडपतिले देश छाड्ने

महानगरको पूर्वाधार एम्बुलेन्स बिहान र बेलुका मात्रै संचालन हुने Read Next

महानगरको पूर्वाधार एम्बुलेन्स बिहान र बेलुका मात्रै संचालन हुने