गल्छी-मैलुङ-स्याफ्रुबेँसी सडकमा १३ पक्की पुल निर्माण सम्पन्न

रसुवा । गल्छी-मैलुङ-स्याफ्रुबेँसी सडक खण्डका विभिन्न स्थानमा ३२ पक्की पुल निर्माणाधीन रहेका छन् ।

 

विस्तृत अध्यायन प्रतिवेदन (डीपीआर)ले औँल्याएका साना–ठूला ती पुलमध्ये १३ वटाको निर्माण सम्पन्न भइसकेको पुल निर्माणमा हालसम्म रु ५७ करोड ९५ लाख खर्च भइसकेको सडक सुधार आयोजनाका प्रमुख नीरज शाक्यले जानकारी दिए ।

 

उनका अनुसार सबै पुलको भारवहन क्षमता ४० टनसम्म हुने र निर्माण भइसकेका अधिकांश पुलबाटै सवारीसाधन ओहोरदोहोर भइसकेको जनाइएको छ ।

 

गल्छीबाट मैलुङसम्मको ४६ किलोमिटरमध्ये हालसम्म २६ किमी सडकको निर्माण सम्पन्न भइसकेको छ । मैलुङ, गल्छी खण्ड सडक सुधारको जिम्मा पाएको कोभेट/तुन्दी जेभी कन्ट्रक्शनको काम निरन्तर अगाडि बढिहेका कारण सो कम्पनीले हालसम्म ७४ प्रतिशत प्रगति हासिल गरिसकेको छ ।

 

मैलुङदबाट स्याफ्रुबेँसीसम्मको १९ किमी राजमार्ग सडक विस्तार जिम्मा लिएको भारत–सिद्विसाई कन्ट्रक्शन जेभीले भने आफूले जिम्मा लिएको कार्य पूरा नगरी गत फागुनदेखि निर्माणको काम छाडेको छ ।

 

राष्ट्रिय गौरवको राजमार्गमा काम अलपत्र पारि छाडेकाले सिद्विसाई जेभीको ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जाने गृहकार्य भइरहेको सडक सुधार आयोजनाले जनाएको छ ।

 

भारत सिद्विसाईले रु ३५ करोड भुक्तानी लिएर निर्माणको काम छाडेपछि पटक–पटक कार्यक्षेत्रमा फर्कन आग्रह गरिएता पनि सम्पर्कमा नआएपछि नियमानुसार ठेक्का रद्दको प्रक्रिया अगाडि बढिसकेको छ ।

 

आर्थिक वर्ष २०७२/७३ देखि सुरू भएको सडक सुधार आयोजनामा रु ६ अर्ब ५६ करोड खर्च भएको बताइएको छ ।

१७ हजार मेट्रिकटन डीएपी मल भित्रियो, २२ हजार मेट्रिकटन युरिया कलकत्ता आइपुग्यो Read Previous

१७ हजार मेट्रिकटन डीएपी मल भित्रियो, २२ हजार मेट्रिकटन युरिया कलकत्ता आइपुग्यो

वाग्मती प्रदेशका १३ जिल्ला जोड्ने चक्रपथ बन्ने, ४ ठाउँमा सुरुङमार्ग Read Next

वाग्मती प्रदेशका १३ जिल्ला जोड्ने चक्रपथ बन्ने, ४ ठाउँमा सुरुङमार्ग