चिनियाँ अर्थतन्त्र र तयारी चाउचाउ

विगत ३० वर्षको चिनियाँ अर्थतन्त्रको समष्टिगत र सहज तस्वीर केही कुराले खिच्न सक्छ भने त्यो हो, ०.२५ डलर (करिब २५–२६ नेपाली रुपैंया) पर्ने साधारण एक कचौरा चाउचाउ !

 

सन् २००१ देखि २०११ सम्म चिनीयाँ अर्थतन्त्र शिखरमा थियो । त्यो समय तयारी चाउचाउको विक्री १ सय ४० प्रतिशतले बढेर ४३ अर्ब कचौरा वा प्याकेट पुगेको थियो । दशौंलाख किसानहरु औद्योगिक मजदुरको रुपमा सहर पसेका थिए ।

 

सन् २०११ मा चीनको श्रम बजार ह्वात्तै बढेको थियो । त्यो विन्दु पछि सहर पस्ने मजदुर र चाउचाउको खपत दुवै घट्न थाल्यो । सन् २०१६ सम्म आइपुग्दा चाउचाउको विक्री ७ अर्ब प्याकेटले (प्रति वर्ष) घट्यो । र, चीनको चाउचाउ बनाउने सबैभन्दा ठूलो कम्पनी हङकङ सेयर बजारबाट हट्यो । चीनमा चाउचाउको ‘बुम’ फुस्स फुस्कियो ।

तर, यो कथाको अन्त्य होइन । पूँजीबजार सम्बन्धी चर्चित एक जर्नलले प्रकाशित गरेको रिर्पोटले चीनको अर्थतन्त्र धिमा भएपनि सन् २०१९ को पहिलो ६ महिनामा चाउचाउको व्यापार ७.५ प्रतिशतले बढेको जनाएको छ । चिनीयाँहरु फेरी ४० अर्ब प्याकेट चाउचाउ खपत गर्न थालेका छन् । यो अप्रत्यासित पूर्नउत्थानको पछाडी चिनीयाँ अर्थतन्त्रमा आएका केही महत्वपूर्ण परिर्वतनहरु कारणका रुपमा रहेका छन् ।

 

चाउचाउको व्यापारमा आएको बृद्धिको सम्बन्ध पछिल्लो समय चीनमा बढेको धनी मानिसहरुको संख्यासँग रहेको छ । पहिले चाउचाउको बिज्ञापन बिद्यार्थी र कम पैसा कमाउने मजदुरहरुलाई केन्द्रित गरेर गरिन्थ्यो । तर, मानिसहरुको आम्दानी बढ्न थालेपछि चाउचाउ कम्पनीहरुले राम्रो गुणस्तरको चाउचाउ बढी मूल्य राखेर धनी वर्गलाई केन्द्रित गर्न थालेका छन् ।

 

पूँजीबजार सम्बन्धी चर्चित एक जर्नलले प्रकाशित गरेको रिर्पोटले चीनको अर्थतन्त्र धिमा भएपनि सन् २०१९ को पहिलो ६ महिनामा चाउचाउको व्यापार ७.५ प्रतिशतले बढेको जनाएको छ । चिनीयाँहरु फेरी ४० अर्ब प्याकेट चाउचाउ खपत गर्न थालेका छन् । यो अप्रत्यासित पूर्नउत्थानको पछाडी चिनीयाँ अर्थतन्त्रमा आएका केही महत्वपूर्ण परिर्वतनहरु कारणका रुपमा रहेका छन् ।

 

‘प्रिमियमाइजेशन’को नाम दिइएको यो रणनिती चीन भरी चाउचाउ उत्पादक कम्पनीहरुले पछ्याएका छन् । र, यसले नतिजा दिएको छ । एउटा ठूलो चाउचाउ कम्पनीले आफ्नो कुल कारोबारको ४० प्रतिशत यहि ‘प्रिमियम’ कारोबारबाट भएको जनाएको छ ।

 

चाउचाउको व्यापार बढ्नु  पछाडिको अर्को कारण भनेको खाना डेलिभरी गर्ने कम्पनीहरु परिपक्व हुँदै जानु पनि हो । सन् २०१० को मध्य तिर ताजा खानेकुरा डेलिभरी गर्ने कम्पनीहरु धेरै लगानी जुटाएर बजारमा आएका थिए । अत्यन्तै धेरै लगानी जुटाएका यस्ता ‘स्र्टाट अप’ले विशेष छुटमा ताजा खाना डेलिभरी गर्दथे जसले चाउचाउसँग तीव्र प्रतिस्पर्धा गर्दथ्यो ।

 

कुनै समय सांघाईमा तजा ‘डम्पलिङ’ सुप १.२५ डलरमै पाइन्थ्यो । यसले तल्लो वर्गका कामदारहरुलाई आकर्षित गर्नु स्वभाविकै हो । एक विश्लेषणका अनुसार खाना डेलिभरीको कारोबार १ प्रतिशत बढ्नु भनेको चाउचाउको खपत .०५ प्रतिशत घट्नु हुन्थ्यो । र, यस्ता १ प्रतिशत धेरै पटक बृद्धि भएको थियो । सन् २०१८ मा चीनमा ११ अर्ब पटक खाना डेलभरी भएको थियो ।

 

तर, अन्य क्षेत्रमा झैं, यस्ता डेलिभरी स्टार्ट अपहरुले पनि दबाव महशुस गर्न थाले । त्यसैले उनीहरुले पनि नाफाका लागि मूल्य बढाउन थाले । एक अध्ययनका अनुसार रेष्टुरेन्टहरु अहिले एउटा अर्डर डेलिभरी गराउन २० प्रतिशतसम्म तिर्नुपर्ने भएको छ । यस्ता मूल्यहरु अन्तत ग्राहकहरु तिरै सोझिने गरेको छ, जसले एकपटक फेरी चाउचाउलाई आकर्षक बनाएको छ ।

 

अन्त्यमा, सुस्त हुँदै गएको अर्थतन्त्र र जिवनयापनको बढ्दो लागत पनि प्रमुख कारण हुँदै हो । यसले चिनीयाँहरुको अपेक्षा र खर्चहरु कतौटी गरेको छ । सुस्त खुद्रा व्यापार र अटो व्यापारले पनि यसको पुष्टि गरेकै छन् । चिनीयाँ उपभोक्ता उपभोग त गरिरहेका छन् छनौट भने अलि धेरै गर्न थालेका छन् । त्यसैले छुट बिनाका अन्य खानेकुरा भन्दा प्रिमियम चाउचाउनै बढी प्राथमिकतामा पर्न थालेको हो, जो ०.२५ डलरको साधारण चाउचाउ पनि रुचाउँदैनन् ।

 

चिनीयाँ चाउचाउ उत्पादकहरुका लागि भविष्य ‘बुलिस’ छ, अर्थतन्त्र सुस्त भएपनि । र, अरुका लागि अर्थतन्त्र अघि बढ्दै जाँदा धेरै छनौटहरु उपलब्ध भएका दृश्यहरु रोचक पनि छन् ।

एजेन्सीको सहयोगमा

अण्डाको मूल्य तोकियो, प्रतिगोटा मूल्य कति Read Previous

अण्डाको मूल्य तोकियो, प्रतिगोटा मूल्य कति

बक्यौता तिर्न १९५ कम्पनीलाई प्राधिकरणको ३० दिने अल्टिमेटम Read Next

बक्यौता तिर्न १९५ कम्पनीलाई प्राधिकरणको ३० दिने अल्टिमेटम