याङ्ग्री र लार्केको पानी वितरणका लागि पाइप बिच्छ्याउन सुरू

काठमाडौं । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दुरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि १ हजार ६०० र १ हजार ८०० डायमिटरमा पाइप बिच्छ्याउन थालिएको छ ।

 

दोस्रो चरणमा याङ्ग्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप बिच्छ्याउन थालिएको हो । पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलदेखि चाबहिलसम्म १ हजार ४०० डायमिटरको पाइप बिच्छ्याइएको थियो ।

 

यो पाइपबाट दैनिक २२ करोड लिटर पानी पठाउन सकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

 

दोस्रो चरणमा १ हजार ६०० र १ हजार ८०० डायमिटरको पाइप बिच्छ्याएपछि यसबाट दैनिक २९ करोड लिटर पानी ल्याउन सकिने निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

 

सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट साढे दुई किमीसम्म १ हजार ८०० डायमिटरको पाइप बिच्छ्याइने छ । साढे दुई किलोमिटरभन्दा तल चाबहिलसम्म नै १हजार ६०० डायमिटरको पाइप बिच्छ्याइनेछ ।

 

याङ्ग्री र लार्केको पानी आउनुअघि नै पनि मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आउने भएपछि ठूलो आकारको पाइप बिच्छ्याइएको उनले सुनाए ।

 

वर्षाको समयमा एउटा खोलाबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी ल्याउन सकिने जनाइएको छ । याङ्ग्री र लार्केको पानी राजधानी ल्याउन तयारी सुरु भएकै बेला निर्देशनालयले भने पाइप बिच्छ्याउन थालिसकेको छ ।रासस

त्रिभुवन विमानस्थलमा नयाँ टर्मिनल भवन बनाइँदै, शिलान्यास गरियो Read Previous

त्रिभुवन विमानस्थलमा नयाँ टर्मिनल भवन बनाइँदै, शिलान्यास गरियो

असारमा पनि बैंकहरूले ब्याजदर नबढाउने Read Next

असारमा पनि बैंकहरूले ब्याजदर नबढाउने