काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बिहीबार नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।
इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट वितरण गरेको १४ प्रतिशत बोनस बापतको १ करोड ७९ हजार ९५८ कित्ता सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीह?को डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।