सडक कालोपत्रमा नयाँ विश्व कीर्तिमान, ५ दिनमै ७५ किलोमिटर कालोपत्र

काठमाडौं । भारतले सडक कालोपत्रमा नयाँ विश्व कीर्तिमान बनाएको छ । ५ दिनमै ७५ किलोमिटर लामो राजमार्ग कालोपत्र गर्दै सबैभन्दा कम समयमा लामो दूरीको सडक कालोपत्र गर्ने नयाँ विश्व रेकर्ड बनाएको हो ।

 

यसअघि कतारले सन् २०१९ मा १० दिनमा २५.२७५ किलोमिटरको सडक कालोपत्र गर्दै कीर्तिमान बनाएको थियो । भारतले अमरावती र अकोला जिल्ला बीचको राष्ट्रिय राजमार्ग नं. ५३ मा ७५ किलोमिटर सिंगल लेन सडक ५ दिन निरन्तर कालोपत्र गर्दै नयाँ कीर्तिमान बनाएको हो ।

 

सो सकड २०२२ जुन ३ बिहान ७:२७ मा सुरु गरेर जुन ७ को साँझ ५ बजे कालोपत्र सम्पन्न भएको थियो । यो दूरीको सडक तयार पार्न २ हजार ७० मेट्रिक टन बिटुमिनसहित ३६ हजार ६३४ मेट्रिक टन बिटुमिन मिक्सको प्रयोग गरिएको बताइएको छ ।

 

भारतका केन्द्रीय मन्त्री नितिन गडकरीले ट्वीट गर्दै भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएजएआई) ले पाँच दिन (१०५ घण्टा ३३ मिनेट)मै एउटै लेनमा ७५ किलोमिटर लामो दुरीको कालोपत्र सडक बनाएर नयाँ गिनिज वल्र्ड रेकर्ड बनाएको बताएका छन् । यसलाई गिनिज वल्र्ड रेकड्र्सले प्रमाणित समेत गरेको उनले उल्लेख गरेका छन्।

 

आयोजनामा ​​७२० जनाले काम गरेको र स्वतन्त्र परामर्शदाताको टोलीले अहोरात्र खटेर काम सम्पन्न गरेको गडकरीले बताएका छन्। राष्ट्रिय राजमार्गको ५३ नम्बर खण्ड कोलकात्ता, रायपुर, नागपुर र सूरत जस्ता प्रमुख सहरहरू जोड्ने महत्त्वपूर्ण पूर्व–पश्चिम करिडोर हो।

 

गडकरीले एनएजएआई र राज पाथ इन्फारकन प्रालि लगायतका इन्जिनियरहरू, ठेकेदारहरू, सल्लाहकारहरू र कामदारहरूलाई परियोजनाको कुशल कार्यान्वयनका लागि प्रशंसा सहित विश्व रेकर्डको कायम गर्न सफल योगदान पुर्याएकोमा धन्यवाद समेत दिएका छन्। एजेन्सी ।

डेढ अर्बमा अन्तर्राष्ट्रियस्तरको विद्युत् वितरण तथा नियन्त्रण केन्द्र बन्दै, पुससम्म संचालनमा आउने Read Previous

डेढ अर्बमा अन्तर्राष्ट्रियस्तरको विद्युत् वितरण तथा नियन्त्रण केन्द्र बन्दै, पुससम्म संचालनमा आउने

दोर्दी खोला जलविद्युतको आइपीओ खुल्यो, कति कित्ता भर्ने ? Read Next

दोर्दी खोला जलविद्युतको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?