सयपत्री हाइड्रोपावरले असार २ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले असार २ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिका वासिन्दाहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको आइपीओमा असार १६ गतेसम्म अवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन पाइने छ ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आइपीओमा एनआइबीएल एस क्यापिटल लिमिटेड, काठमाडौं, प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा र कामना सेवा विकास बैंकको गल्कोट शाखाबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर डबल बी प्लस’ रेटिङ दिएको छ ।यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

 

कम्पनीले बाग्लुङको ताराखोला गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा २.५ मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादनसमेत गरिहेको छ ।

राप्ती हाइड्रोको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Previous

राप्ती हाइड्रोको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त Read Next

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त