काठमाडौं । आइतबार दोहोरो अंकले गिरावट आएको बजारमा आज सामान्य सुधार देखिएको छ । सूचकमा सुधार आएपनि कारोबार रकम भने घटेको छ । सोमबार कारोबार रकममा अघिल्लो दिनको तुलनामा करिब ५ करोडले गिरावट आएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से १.७३ अंकलेबढेर ११४०.९८ अंकमा पुगेको छ । आज १७० कम्पनीको १७ करोड ७२ लाख ७९ हजार ३९ रुपैयाँको कारोबार भएको छ । ७ लाख ४३ हजार ३१५ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबार भएका १२ वटा समूहमध्येमा तीन वटा समूहको सूचक घटेका छन् भने ९ वटा समूहको सूचक उकालो लागेका छन् । आज जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै १६.५९ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि ०.४४ अंकले उकालो लागेको छ ।
कारोबार रकमको आधारमा प्रभु बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको १ करोड २५ लाख २३ हजार ४४७ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा शिबम् सिमेन्ट र सिद्धार्थ बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । शिबमको १ करोड २० लाख र सिद्धार्थको ८५ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज साल्ट ट्रेडिङ कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ४.९४ प्रतिशतले बढेके छ भने यूनियन हाइड्रोपावरकोको सेयर मूल्य सबैभन्दा धेरै ३.७७ प्रतिशतले घटेको छ ।