नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा मंगलबार सपोर्ट लघुवित्त वित्तीय संस्था र नेको इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

 

सपोर्टको गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको ३० प्रतिशत बोनस बापतको १ लाख ९८ हजार कित्ता सेयर सूचीकृत भएको हो ।

 

त्यसैगरी, नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनसबापतको २२ लाख ८२ हजार ४५०.६१ कित्ता सेयर सूचीकृत गरेको हो ।

 

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

मेलम्चीको पानी बन्द, अब कात्तिकमा मात्रै आउने Read Previous

मेलम्चीको पानी बन्द, अब कात्तिकमा मात्रै आउने

मंगलम इन्डष्ट्रिजको व्यापार २०६ प्रतिशतले वृद्धि Read Next

मंगलम इन्डष्ट्रिजको व्यापार २०६ प्रतिशतले वृद्धि