काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आजदेखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका संखुवासभाका स्थानीय बासिन्दाहरुका लागि आइपीओ विक्रीमा ल्याएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर निष्काशन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपीओमा जेठ २४ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा आवेदन दिन सकिने छ ।
लगानीकर्ताले प्रभु बैंक, सिद्धार्थ बैंक खाँदबारी शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार, सभापोखरी शाखा र नेपाल बङ्गलादेश बैंकको पाँचखपन शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै नेपाल धितोपत्र बोर्डबाट सीआस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।