काठमाडौं । जनरल इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको जेठ ६ गते बसेको बैठकले कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले नियामक निकाय बीमा समितिबाट स्वीकृति लिई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात् १०ः३ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयरजारी गर्ने प्रस्ताव गरेको हो ।हाल १ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि चुक्त पूँजी १ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।
बीमा समितिले आगामी २०७९ चैत मसान्तसम्म निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन निर्देशन दिइसकेको छ ।
