काठमाडौं । पछिल्लो समय अमेरिकी डलरको भाउ लगातार बढीरहेको छ । विहिबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार डलरको भाउ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
रुस र युक्रेनको युद्धका कारण संसारभर डलरको माग उच्च भएपछि मूल्य बढ्दो छ । विहिबारका लागि राष्ट्र बैंकले एक डलर बराबर १२३ रुपैयाँ ८४ पैसा खरिद दर र १२४ रुपैयाँ ८४ पैसा विक्रिदर तोकेको छ ।
डलरको भाउबढेसँगै नेपाली मुद्रा अवमूल्यन हुने गरेको छ । अन्तर्राष्ट्रिय कारोबार डलरमा हुने भएकाले यसको भाउ बढ्दा नेपाली मुद्रा पनि कम्जोर हुनेक्रम बढ्दो छ ।
विनिमय संचिति घट्दै गएको अवस्थामा नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको देशमा डलरको मुल्य वृद्धिले चुनौती थप्ने विज्ञहरु बताउँछन् ।
अर्कोतर्फ रेमिट्यान्स र पर्यटकहरु डलर आर्जनको स्रोत भएकाले फाइदा हुने बताइन्छ ।