५४८ पालिकाको नतिजा सार्वजनिक : माओवादीले शतक हान्यो, कुन दलले कति जिते ?

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम जारी छ । ७५३ पालिका मध्ये बिहीबार बिहान ८:१५ बजेसम्म ५४८ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

 

जसमा सबैभन्दा धेरै नेपाली कांग्रेसले २४६ पालिकामा जित हात पारेको छ । त्यसैगरी, कांग्रेसलाई पछ्याइरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) १५५ पालिकामा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ ।

 

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १०३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १० र जनता समाजवादी पार्टी समान १४, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल १ र अन्य दल तथा स्वतन्त्रले १९ पालिकामा जित हात पारेका छन् ।

 

अन्य पालिकाहरुको धमाधम मत गणना भइरहेको छ । अहिले मतगणना भइरहेका पालिकामध्ये कांग्रेस ७४, एमाले ४२, माओवादी १४ र एकीकृत समाजवादीले १०, जनता समाजवादीले २० पालिकामा अग्रता लिएको छ ।

४८७ पालिकाको नतिजा सार्वजनिक : माओवादी पनि शतक नजिक, कुन दलले कति जिते ? Read Previous

४८७ पालिकाको नतिजा सार्वजनिक : माओवादी पनि शतक नजिक, कुन दलले कति जिते ?

सहरका हरेक घरघरमा 'यूटिलिटी करिडोर' पुर्‍याउने सरकारको योजना, ऐनको ड्राफ्ट तयार Read Next

सहरका हरेक घरघरमा 'यूटिलिटी करिडोर' पुर्‍याउने सरकारको योजना, ऐनको ड्राफ्ट तयार