काठमाडौं। सिक्लेस हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ।
कम्पनी संचालक समितिको वैशाख १९ गते बसेको बैठकले सेयरधनीलाई १०.५२३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न जेठ १३ गते १७ औँ वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभा घारीपाटन-१७, पोखरामा हुने कम्पनीले जनाएको छ।
सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय प्रतिवेदनहरु छलफल गरी पारित गर्ने लगायत एजेण्डा पेश गरिने छ ।