माउन्टेन इनर्जीको खुद नाफा साढे ८ गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति पुग्यो ?

काठमाडौं । माउण्टेन इनर्जी नेपालको खुद नाफामा उछाल आएको छ । कम्पनीले चालु आवको चैतसम्ममा गत वर्षको सोही अवधिको तुलनामा साढे ८ गुणा बढी नाफा कमाएको छ ।

कम्पनीले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार ४२ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ७५४.०६ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीले ४ करोड ९९ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

विद्युत् विक्रीबाट हुने आम्दानी बढेसँगै माउन्टेनको नाफा उल्लेख्य वृद्धि भएको हो । कम्पनीले चैतसम्म विद्युत् विक्रीबाट कुल ८५ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । जबकी गत वर्ष सोही अवधिमा यस्तो आम्दानी ९ करोड ४३ लाख रुपैयाँ थियो ।

हाल १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ८२ करोड ८९ लाख रुपैयाँ छ ।

खुद नाफामा उल्लेख्य सुधार भएसँगै कम्पनीको  प्रतिसेयर आम्दानी २.८३ रुपैयाँबाट बढेर २१.७० रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा प्रतिसेयर नेटवर्थ पनि ११७.५० रुपैयाँबाट बढेर १४२.१२ रुपैयाँ पुगेको छ ।

अक्टोबरदेखि दिल्लीमा बिजुलीमा पनि अनुदान, माग गर्नेले मात्र पाउने Read Previous

अक्टोबरदेखि दिल्लीमा बिजुलीमा पनि अनुदान, माग गर्नेले मात्र पाउने

धरान-चतरा-सिन्धुली-हेटौँडा सडक अन्तिम चरणमा, पूर्व-पश्चिम राजमार्गको विकल्प बन्ने Read Next

धरान-चतरा-सिन्धुली-हेटौँडा सडक अन्तिम चरणमा, पूर्व-पश्चिम राजमार्गको विकल्प बन्ने