काठमाडौं । सेयर बजारमा पहरिो गएको छ । बजार खुलेदेखि लगातार ओरालो लागेको नेप्से उच्च अंकले घटेर बन्द भएको हो । गत साता ३० अंकले बढेको नेप्से यससाता पहिलो दिनमै ४८ अंकले घटेको हो ।
सूचकसँगै कारोबार रकममा पनि सुस्त भएको छ । गत साता औसतमा दैनिक डेढ अर्ब हाराहारी कारोबार हुँदै आकोमा आज पनि करिब डेढ अर्बको सेयर किनबेच भएको छ ।
आइतबार नेप्से ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा आइपुगेको छ । यसदिन २२८ कम्पनीको १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँ बराबरको ३९ लाख ७८ हजार ७९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.५८ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक, हाइड्रोपावर र अन्य समूह पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज करोबारमा आएको २२८ कम्पनीमध्ये जम्मा १७ कम्पनीको सेयर मूल्य बढेको छ भने २०४ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको पौने ५ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, हिमालयन डिस्ट्रीलरी सवा ४ करोड र शिवम् सिमेन्ट ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
उच्च अंकले घटेको बजारमा आज नेपाल फाइनान्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत घटेको छ ।
त्यसैगरी, युनियन हाइड्रोपावर ८.७७, दिव्यश्वरी हाइड्रोपावर ८.२०, माउन्टेन इनर्जी ६.७६, लिबर्टी इनर्जी ६.६९, घलेम्दी हाइड्रोपावर ६.५४, साहस ऊर्जा ६.२७, ग्रीन डेभलपमेन्ट ६.२५, बुद्धभूमि नेपाल र राधि विद्युत् कम्पनीको मूल्य ६ प्रतिशतले घटेको छ ।