चालु वर्ष आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने, प्रतिव्यक्ति आय २२ हजार बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो ।

 

यसअघि चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर अन्तर्राष्ट्रिय मुद्रा कोषले ४.१ प्रतिशत, एसियाली विकास बैंकले ३.९ प्रतिशत र विश्व बैंकले ३.७ प्रतिशत हासिल हुने प्रक्षेपण  गरेका थिए ।

 

विभागका अनुसार चालु वर्ष सकिन ३ महिना बाँकी रहेको र सो अवधिमा अर्थतन्त्रमा ठूलो असर नआउने देखिएकाले उक्त अनुमान गरिएको हो ।

 

कृषि र खानीसहित प्राथमिक क्षेत्रको २.३ प्रतिशत, उद्योगको १०.३ प्रशित र सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशत हुने विभागको अनुमान छ ।

 

सरकारले चालु आवमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखे पनि विभागले सोभन्दा कम लक्ष्य प्राप्ति हुने अनुमान सार्वजनिक गरेको हो ।

 

सरकारले ७ प्रतिशतको लक्ष्य राखे पनि पूँजीगत खर्च हुन नसक्नु, कृषि उत्पादन घट्नु, बैंकहरुबाट प्रवाह भएको कर्जा उत्पादनमाभन्दा पनि व्यापारमा जानु लगायत काराणले लक्ष्य हासिन हुन नसकेको हो ।

 

अर्थतन्त्रको आकार साढे ४८ खर्ब

 

विभागका अनुसार नेपालको अर्थतन्त्रको आकार साढे ४८ खर्ब पुग्ने भएको छ । चालु वर्षमा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) बजार मूल्यमा आधारमा ४८ खर्ब ५१ अर्ब ६३ करोड र उत्पादन मूल्यका आधारमा उत्पादन आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब ५४ करोड पुग्ने विभागले जनाएको छ ।

 

प्रतिव्यक्ति आम्दानी २२ हजार बढ्यो

 

नेपालीहरुको प्रतिव्यक्ति आय एक वर्षमा १८१ डलर ( करिब २२ हजार रुपैयाँ) बढेको छ । गत वर्ष नेपालीको प्रतिव्यक्ति आय ११९१ अमेरिकी डलर (१ लाख ४५ हजार रुपैयाँ) रहेको यस वर्ष बढेर १३७२ डलर (१ लाख ६७ हजार रुपैयाँ)पुगेको विभागले जनाएको छ ।

 

 

अब नेपाल टेलिकमले ई-सिम दिने, मोबाइल बाहेक अन्य डिभाइसमा पनि चल्ने Read Previous

अब नेपाल टेलिकमले ई-सिम दिने, मोबाइल बाहेक अन्य डिभाइसमा पनि चल्ने

एकदिन पनि टिकेन नेप्सेको हरियाली, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

एकदिन पनि टिकेन नेप्सेको हरियाली, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी