काठमाडौं आएका जहाज आकाशमै घुमेकोघुम्यै

काठमाडौं । तुवाँलो र धुवाँका कारण काठमाडौंको आकाश ढाकिँदा हवाइ उडान प्रभावित भएको छ । तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि आएका जहाजहरु आकाशमै होल्ड भएका छन् ।

 

भिजिबिलिटका कारण ल्याण्ड हुन नसक्दा अहिले (दिउँसो १ः२५ बजे) दिल्लीबाट आएको नेपाल एयरलाइन्स, सिंगापुरबाट आएको सिंगापुर एयरलाइन्स, मुम्बईबाट आएको इण्डिगो एयरलाइन्सको जहाजहरु तराईको आकाशमा फन्को मारिरहेका छन् ।

 

भिजिबिलिट कम भएका कारण भीएफआर प्रणालीबाट अवतरण हुन नसकेपछि अहिले उपकरणमा आधारित उडान तथा अवतरण प्रणाली (आइएफआर)मार्फत जहाजहरुलाई अवतरणको व्यवस्था मिलाइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

 

आइएफआर प्रणालीबाट जहाज उडान अवतरण गर्दा समय लाग्ने भएकाले जहाजहरु आकाशमै होल्ड भएका हुन् ।

क्रिप्टो र अनलाइन जुवासम्बन्धित वेबसाइट र एपको जानाकारी दिन प्राधिकरणको अनुरोध Read Previous

क्रिप्टो र अनलाइन जुवासम्बन्धित वेबसाइट र एपको जानाकारी दिन प्राधिकरणको अनुरोध

प्रशान्त महासागरको सालमन फिस, गंगटादेखि विदेशको मोहीसम्म किनेर खान्छन् नेपाली Read Next

प्रशान्त महासागरको सालमन फिस, गंगटादेखि विदेशको मोहीसम्म किनेर खान्छन् नेपाली