बिन्ध्यबासिनी हाइड्रोपावरले वैशाख ११ देखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वैशाख ११ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ र कास्कीका वासिन्दाहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो।

 

निष्काशन हुने कुल सेयरमध्ये लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं. ५, ६ र ७ र कास्कीको मादी गाउँपालिकाको वडा नं. ८ र ९ का स्थानीयका लागि ७ लाख कित्ता र बाँकी ३ लाख कित्ता लमजुङको क्व्होलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानीयका लागि छुट्याइएको छ ।

 

स्थानीयले कम्पनीको आइपीओमा छिटोमा वैशाख २५ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

 

आइपीओमा सानिमा बैंकको विरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैंकको मालिङ शाखा कार्यालय, कामना सेवा विकास बैंकको कास्की तथा बेंसीशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेंसीशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ।  साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

सीवाइसी नेपाल लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ? Read Previous

सीवाइसी नेपाल लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ?

४ लेनको महाकाली पुल निर्माण सुस्त गतिमा Read Next

४ लेनको महाकाली पुल निर्माण सुस्त गतिमा