काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्स संचालक समितिको चैत २९ गते बसेको बैठकले सेयरधनीलाई ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.२२ प्रतिशत नगद गरी कुल ४.४२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामा साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
