युनाइटेड इन्स्योरेन्सको ८७ हजार कित्ता प्रमोटर सेयर विक्रीमा, मूल्य कति ?

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले ८७ हजार ३ कित्ता संस्थापक (प्रमोटर)सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनी एक्सेल डेभलपमेन्ट बैंक र सनराइज बैंकको स्वामित्वमा रहेको उक्त प्रमोटर सेयर बेच्न लागेको हो ।

 

एक्सेल डेभलपमेन्ट बैंकले इन्स्योरेन्समा आफ्नो नाममा रहेको ७९ हजार ७४२ कित्ता सेयर विक्री गर्न लागेको हो । एक्सेलले न्यूनतम मूल्य प्रतिकित्ता २९८ रुपैयाँमा सेयर बेच्न लागेको हो ।

 

त्यसैगरी, सनराइज बैंकले आफ्नो नाममा रहेको ५ हजार ८२७ कित्ता सेयर बेच्न लागेको हो । सनराइजले प्रतिकित्ता २२५ रुपैयाँमा सेयर बेच्न लागेको हो ।

 

उक्त सेयर किन्न इन्स्योरेन्सका हाल कायम संस्थापक सेयरधनीहरुले आवेदन दिन पाउने छन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले चैत २४ गतेदेखि ३५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

 

तोकिएको अवधिमा सबै सेयरका लागि आवेदन नपरे इच्छुक गैरसंस्थापक लगानीकर्तालाई सो संस्थापक समूहतर्फको सेयर विक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

 

इच्छुक लगानीकर्ताले युनाइटेड इन्स्योरेन्सको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंमा लिखित निवेदन दिनुपर्नेछ ।

बीबीसी मास्टर सेफका चर्चित सेलिब्रेटीहरू नेपाल आउँदै Read Previous

बीबीसी मास्टर सेफका चर्चित सेलिब्रेटीहरू नेपाल आउँदै

'मेडिकल टुरिजम हब' बन्दै भरतपुर, फस्टाउँदै होटल व्यवसाय Read Next

'मेडिकल टुरिजम हब' बन्दै भरतपुर, फस्टाउँदै होटल व्यवसाय