आइएमई जनरल इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज (चैत २४ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको ७.३७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (चैत २५ गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

इन्स्ययोरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले वैशाख ९ गते २४ औं वार्षिक साधरण सभा बोलाएको छ ।

 

प्रस्तावित लाभांश कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

नेपालगञ्जबाट हुम्ला पुग्न भाडा मात्रै २१ हजार ! Read Previous

नेपालगञ्जबाट हुम्ला पुग्न भाडा मात्रै २१ हजार !

सीवाइसी नेपाल लघुवित्तले वैशाख २ गतेदेखि आइपीओ निष्काशन गर्ने Read Next

सीवाइसी नेपाल लघुवित्तले वैशाख २ गतेदेखि आइपीओ निष्काशन गर्ने