नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । यस साता सुरुको दुई दिनमै ४५ अंकले घटेको नेप्से आज एकै दिन ४६ अंकले घटेको हो ।

 

सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्बले बढेर साढे २ अर्ब नाघेको छ ।

 

मंगलबार सेयर बजार मापक सूचक नेप्से ४६.४६ अंकले घटेर २४५२.०६ विन्दुमा आइपुगेको छ । यसदिन २२८ कम्पनीको २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३३८ रुपैयाँ बराबरको ५८ लाख ४१ हजार ९९८ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये होटल समूह बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै ३.६६ प्रतिशतले घटेको छ ।

 

आज करोबारमा आएको २२८ कम्पनीमध्ये जम्मा १५ कम्पनीको सेयर मूल्य बढेको छ भने २०६ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको साढे ९ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, नबिल बैंक साढे ८ करोड र नेपाल लाइफ इन्स्योरेन्स साढे ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।

 

घट्दो बजारमा आज इमर्जिङ नेपालको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ । त्यसैगरी, नारायणी विकास बैंक ६.३७, युनाइटेड इदीमर्दी ६.०१, जनरल इन्स्योरेन्स ५.६९, नेपाल टेलिकम, लाइफ इन्स्योरेन्स कर्पोरेशन, राष्ट्रिय बीमा कम्पनी, मिर्मिरे माइक्रोफाइनान्स लगायत १ दर्जन कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

नागढुंगा-मुग्लिन सडक विस्तार वैशाखदेखि सुरू हुने, तीन प्याकेजमा काम गरिँदै Read Previous

नागढुंगा-मुग्लिन सडक विस्तार वैशाखदेखि सुरू हुने, तीन प्याकेजमा काम गरिँदै

बुढीगण्डकी जलविद्युत्  आयोजना : घर, गोठदेखि रुखविरुवाको समेत मुआब्जा पाउने, यस्तो छ मुआब्जा दर Read Next

बुढीगण्डकी जलविद्युत् आयोजना : घर, गोठदेखि रुखविरुवाको समेत मुआब्जा पाउने, यस्तो छ मुआब्जा दर