सेयर बजारमा पहिरो, किन आँत्तिए लगानीकर्ता ?

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । पछिल्लो केही महिना यता घट्दो क्रममा रहेको नेप्सेमा आज बजार खुल्ने बित्तिकै उच्च अंकको पहिरो गएको हो ।

 

मंगलबार बजार खुलेको ५० मिनेट (११ः५० बजेसम्म) नेप्से ४१ अंकले घटिसकेको छ भने घट्ने क्रम अझै जारी छ । पछिल्ला दिनहरुमा दैनिक दोहोरो अंकले घट्दै आएको नेप्से आज पहिलो घण्टामै ठूलो गिरावट आएको हो ।

 

पछिल्लो समय बैंकिङ प्रणालीमा भएको चरम तरलता अभाव र ब्याजदर वृद्धिले सेयर बजार प्रभावित हुँदै आएको छ । अर्थतन्त्रका अधिकांश सूचक झन्झन् खस्कँदो अवस्थामा रहेका छन् । यसले लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक असर पर्दा सेयर बजारमा निरन्तर गिरावट आएको हो ।

 

यसैबीच, सोमबार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका सीईओहरुलाई गाडी लगायत विलासी वस्तुको आयात रोक्न मौखिक निर्देशन दियो । जसले लगानीकर्ताले देशको अर्थतन्त्र झनै खराब हुँदै गएको बुझ्दा आज नेप्सेमा ठूला गिरावट आएको स्वयम् लगानीकर्ताहरु नै बताउँछन् ।

 

लगानीकर्तामा अर्थतन्त्र बिग्रिँदै जाँदा सेयर बजार पनि घट्छ भन्ने मनोविज्ञानले काम गरेको आकलन गरिएको छ । त्यस्तै, चैत मसान्तभित्र बैंकको ब्याज तिर्नुपर्ने भएकाले लगानीकर्ताले घाटै खाएर भए पनि सेयर बेच्न थालेको र त्यसको असर सूचकमा देखिएको ब्रोकरहरु बताउँछन् ।

 

यस्तै, ठूला कम्पनी तथा व्यवसायीहरुले पनि अग्रीम करकट्टीबापत ठूलो रकम बुझाउनु पर्ने भएकाले रकम जोहो गर्न सेयर बेच्दा बजारमा दबाब परेको बताइएको छ ।

 

क्षेत्रीय बजारमा विद्युत् बेच्ने दरिलो पहल, वर्षामा खेर जाने बिजुली किन्न भारत सहमत Read Previous

क्षेत्रीय बजारमा विद्युत् बेच्ने दरिलो पहल, वर्षामा खेर जाने बिजुली किन्न भारत सहमत

कर्णाली करिडोर अन्तर्गत ९ वटा पक्की पुल बन्दै Read Next

कर्णाली करिडोर अन्तर्गत ९ वटा पक्की पुल बन्दै