रिभर फल्स पावरले चैत २७ गतेदेखि आइपीओ जारी गर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले चैत २७ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभाका बासिन्दाहरुका लागि आइपीओ जारी गर्ने भएको हो ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो । स्थानीयले कम्पनीको आइपीओमा २०७९ वैशाख ११ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा रिभर फल्स पावर लिमिटेडको आयोजना कार्यालय, संखुवासभा, प्रभु बैंकको खाँदवारी शाखा, प्राइम कमर्सियल बैंकको खाँदवारी, तुम्लिङटार र सभापोखरी शाखा र ग्लोबल आइएमई बैंकको खाँदवारी र चैनपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस आइएस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

नाट्टाको अध्यक्षमा रमेश थापा विजयी Read Previous

नाट्टाको अध्यक्षमा रमेश थापा विजयी

बेनी-जोमसोम सडकमा ‘टाइमकार्ड’ हट्यो Read Next

बेनी-जोमसोम सडकमा ‘टाइमकार्ड’ हट्यो